डेंगुको संक्रमण बढ्न थालेपछि हेटौंडामा स्प्रे गर्न थालियो

साझाकुरा
२०७९ श्रावण २०, शुक्रबार ११:५३

हेटौंडा- पछिल्लो समय डेंगुको संक्रमण बढ्न थालेपछि हेटौंडा उपमहानगरको क्षेत्रमा स्प्रे गर्न थालिएको छ । बढि मात्रामा डेंगुको संक्रमण देखिरहेको उपमहानगरको ४ र ५ नम्बर वडामा उपमहानगरले स्प्रे गरेको हो । डेंगुको संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छिट्न थालिएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिए । उनले संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्ने सचेतनासँगै बढी जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको बताए ।

संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्रको पहिचान गरी आवश्यकताअनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंको भनाइ छ । कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । असारको अन्तिमबाट सुरु भएको संक्रमणको दर बिस्तारै बढ्दै गएको र अहिलेसम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*