एक वर्षमा ९ हजारले लिए आयुर्वेद उपचारको सेवा

साझाकुरा
२०७९ श्रावण २१, शनिबार १३:५३

हेटौंडा- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट एक वर्षमा ९ हजार १ सय ११ बिरामीले आयुर्वेद उपचारको सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट गत आर्थिक वर्ष २०७८÷०७९ मा ९ हजार १ सय ११ बिरामीले आयुर्वेद उपचारको सेवा लिएका हुन् । तीमध्ये ४ हजार ५ सय १५ महिला र ४ हजार ४ सय ९५ पुरुषले सेवा लिएको केन्द्रका सूचना अधिकारी अशोक कुमार झाले जानकारी दिए ।आर्थिक वर्षको पहिलो महिना साउनमा ५ सय ३९ महिला र ४ सय ७४ पुरुष गरी १ हजार १३ जनाले उपचारको सेवा लिएका छन् । त्यस्तै भदौ महिनामा ५ सय ५५ महिला र ५ सय ९३ पुरुष गरी १ हजार ८८, असोजमा ३ सय ८७ महिला र ३ सय ५१ पुरुष गरी ७ सय ३८, कार्तिकमा ३ सय ८० महिला र ५ सय ५ पुरुष गरी ८ सय ८५ ले उपचार गराएका छन् ।

यस्तै मंसिरमा ३ सय ७५ महिला र ३ सय ५१ पुरुष गरी ७ सय २६ ले उपचार गराएका छन् भने पुसमा ४ सय ५ महिला र ४ सय ८९ पुरुष गरी ८ सय ९४, माघ २ सय ७७ महिला र २ सय ८२ पुरुष गरी ५ सय ५९, फागुनमा ३ सय ८ महिला र ३ सय १३ पुरुष गरी ६ सय २१ र चैत्रमा ४ सय २० महिला र ३ सय ५२ पुरुष गरी ७ सय ७२ जनाले उपचारको सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।त्यस्तै वैशाख महिनामा ३ सय ५५ महिला र २ सय ८४ पुरुष गरी ६ सय ९, जेठमा ३ सय ३१ महिला र ३ सय ७६ पुरुष गरी ७ सय ७ र आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा ३ सय ६८ महिला र २ सय ९७ पुरुष गरी ६ सय ६ जनाले उपचारको सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको तथ्याङ्क छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*