खैरो हिरोईनसहित दुई जना पक्राउ

साझाकुरा
२०७९ श्रावण २१, शनिबार १३:५८

हेटौंडा- मकवानपुर प्रहरीले खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरी टोलीले प्रदेश ३–०२–०१४ प १२९४ नम्बरको स्कुटरबाट खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो । स्कुटरमा शंकास्पद अवस्थामा ४०० मिलि ग्राम लागूऔषध खैरोहेरोईन फेला पारेको थियो ।उक्त लागुऔषध, स्कुटरसहित आशिष विश्वकर्मा र शिशिर भन्ने बसन्त कप्रौलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*