दाँतका सबै उपचार अब ‘हेटौंडा होम डेन्टल’बाट

साझाकुरा
२०७९ श्रावण २८, शनिबार ०८:०५

हेटौंडा- सबै प्रकारका दन्त स्वास्थ्य सम्बन्धि उपचार अब एकै ठाउँबाट दिन हेटौंडामा ‘हेटौंडा डेन्टल होम’ सञ्चालनमा आएको छ । हेटौंडा–४, स्कुल रोडमा (ग्रिन हाउस नजिकैबाट भित्र) ‘हेटौंडा डेन्टल होम’ सञ्चालनमा ल्याइएको हो । यहाँ घरायसी वातावरणमा दाँत सम्बन्धि सबै उपचार गरिने डाक्टर रोशन चौधरीले जानकारी दिए । डेन्टलको शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलानले उद्घाटन गरेका छन् । रिवट काटेर डेन्टलको उद्घाटन गरेका उनले हेटौंडामा फरक सेवासुविधासहित सञ्चालनमा ल्याइएको डेन्टललाई शुभकामना दिए । उनले हेटौंडामा यस प्रकारका डेन्टल सेवा पहिलो देखेको बताए । घरकै वातावरणमा दाँतको सबै उपचार पाइने भएकाले अब जिल्लाबासीलाई दाँतकै उपचारका लागि अन्त जानु नपर्ने घलानले बताए ।

सञ्चालकहरुका अनुसार डेन्टलमा उपचारका लागि आउने बिरामीहरुले घरमै बसेर उपचार गरेको अनुभव हुने गरी सुविधा प्रदान गरिने बताएका छन् । डेन्टलबाट दाँत–मुख परीक्षण, दाँत भर्ने, दाँतको कस्मेटिक उपचार, जरैसम्म दाँत भर्ने, दाँतको सफाई, गिजाको उपचार, दाँत सेतो पार्ने, दाँत उखेल्ने, दाँत–मुखको शल्यक्रिया, कृतिम दाँत राख्ने, बाँङ्गो दाँत मिलाउने, बच्चाहरुको दाँतको उपचार, दन्त प्रत्यारोपण र सामुदायि दन्त कार्यक्रमलगायतका थुप्रै उपचार सेवा उपलब्ध गराइने डेन्टलकी डाक्टर समिक्षा गुप्ताले जानकारी दिइन ।

बजारमा अन्य डेन्टल भन्दा ‘हेटौंडा डेन्टल होम’मा नियमित डाक्टर उपलब्धताको सुविधा रहेको जनाइएको छ । हेटौंडाका अन्य डेन्टलहरुले बिरामी आएपछि मात्रै डाक्टर बोलाउने गरेका कारण हैरान खेप्न बाध्य बिरामीले यहाँ नियमित डाक्टर भेट्न सक्ने बिमल बाँस्कोटाले बताए । ‘अन्त डेन्टलमा मैलेपनि दुःख पाएको छु । नर्सहरुले डाक्टरको काम गर्दा रहेछन् । यहाँ संधै दुई जना डाक्टर भेटिने रहेछ । मलाई अन्त भन्दा यहाँ उपचार गर्दा भरपर्दो लाग्यो ।,’ बास्कोटाले भने । ‘हेटौंडा डेन्टल होम’मा उपचार गराएका बिरामी अन्यत्र जान नपर्ने उनको दावी छ । ‘हेटौंडा डेन्टल होम’ खुलेसँगै दाँत सम्बन्धि उपचारका लागि बाहिरी जिल्ला जानु नपर्ने बाँस्कोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*