+२ रोजाईमा सिद्धार्थ मावि

साझाकुरा
२०७९ श्रावण २८, शनिबार ०८:२०

हेटौंडा उपमहानगरपालिका वडा न २ नगरपालिका रोड स्थित सिद्धार्थ माध्यमिक विद्यालय पछिल्लो समय १० जोड २ तर्फ आकर्षणको गन्तव्य बनेको छ । सिद्धार्थ मावि बागमती प्रदेश सरकारद्वारा ‘बिग स्कुल’ कार्यक्रमको लागि छनौट भएको स्कुल हो । कक्षा ११ मा भर्ना खुलेको सन्दर्भमा यस माविको आकर्षणको बारेमा हामीले प्राचार्य मोहनप्रसाद शर्मासँग गरेको कुराकानीः
१. सिद्धार्थ माविमा कक्षा ११ मा भर्ना खुलेको सन्दर्भमा नयाँ आउने विद्यार्थीको चाप कस्तो छ ?
अब भर्नाको लागि म्याद सकिदै छ, यसै भएकोले पनि होला, दैनिक भर्ना गर्न आउनेहरुको चाप नै छ । विद्यालयमा नै आएर वा फोन मार्फत विद्यालयको बारेमा जानकारी लिनेहरु पनि उत्तिकै हुनुहुन्छ । विगतमा जस्तै यसवर्ष पनि सबैभन्दा बढी आकर्षण वाणिज्य संकाय र कानून संकायमा रहेको छ । यद्यपि अन्य संकायहरुमा पनि विद्यार्थी भर्नाको दर बढी नै छ ।
२. जोड २ को लागि सिद्धार्थ मावि नै छनौट गर्नु पर्ने कारण के ?
पहिले त हामीले कक्षा ११, १२ सुरु भएदेखि नै उत्कृष्ट नतिजा प्राप्त गर्दै आएका छौ । अघिल्लो नतिजाहरुले पनि हामीप्रतिको आकषर्ण नियमित रुपमा बढ्दो छ । हामी कहाँको पारीवारीक वातावरणको अध्ययन अध्यपन गुणस्तरीय नतिजाको कारण हो । विद्यार्थीको जस्तो चाप भएपनि हामीले प्रत्येक कक्षामा ४५ भन्दा बढी विद्यार्थी राखेका छैनौ । धेरै विद्यार्थी एकै कक्षामा राखेर पढाउँद शिक्षकको ध्यान सबैमा नपुग्न सक्छ, त्यसैले नियम अनुसार नै हामीले सिमित विद्यार्थी राखेर अध्यापन गराउँदै आएका छौ । जसले गर्दा सिकाई उपलब्धि अपेक्षाकृत छ, राम्रो छ । यसैगरी हामीले युग अनुसार प्राविधिक तरिकाबाट सिकाईलाई प्रभावकारी बनाउन मल्टीमिडियाबाट सिकाइ गर्ने गरेका छौ । हामी कहाँ हुने मल्टिमिडिया विधिको अध्यापन पनि प्रभावकारी बनेको छ । यसैगरी हामीकहाँ योग्य÷दक्ष शिक्षकहरु हुनुहुन्छ । जसले सिकाई दीगो र नतिजाउन्मुख छ ।
३. कक्षा ११ मा कुन कुन विषय पढाइ हुन्छ सिद्धार्थ माविमा ?
हामीकहाँ विज्ञान, कानुन, वाणिज्य र शिक्षा संकायमा विभिन्न विषयको अध्ययन हुन्छ । यसैगरी सिटीईभीटि तर्फ ३ वर्षे वन विज्ञान कक्षाको लागि भर्ना खुल्ला गरिएको छ । अघिल्ला वर्षहरुमा पनि वाणिज्य र कानूनमा व्यापक आकर्षण थियो यस वर्ष पनि यिनै संकायहरुमा चाप बढी छ ।
४. प्रयोगात्मक कक्षाहरुको व्यवस्था कस्तो ?
हामीसँग विज्ञान संकायको लागि विज्ञान प्रयोगशाला छ । यसैगरी कम्प्युटर ल्याब छ । नियमित पुस्तकालहरुको पनि सुविधा छंदैछ । जहाँ विद्यार्थीहरुले आफ्नो समयमा पुस्तकालयहरुको सुविधा लिन सक्ने छन् ।
५. केही चुनौती पनि छन् कि ?
चुनौती भनेको हामीलाई कक्षा कोठाको अभाव हो । भुकम्पपछि हाम्रो ३२ वटा कोठाहरु नष्ट भएका छन् । विद्यार्थी संंख्या बढ्दो र कक्षाकोठा नयाँ निर्माण गर्न नसक्दा समस्या भोगिरहेका छौ । २३ सय भन्दा बढी विद्यार्थी हुँदा हामीलाई यसैपाली ४÷५ वटा कोठाको आवश्यकता छ । हामीले सम्बन्धित निकायमा कक्षा कोठा निर्माणको लागि माग गरेका पनि छौ । सायद यो वर्ष यो समस्या सम्बोधन हुने छ । हेटौंडा १ चौकिटोलमा एउटा ब्लक छ भने हेटौंडा २ नगरपालिका रोड र वनस्खण्डीमा १÷१ वटा ब्लक छन् । भौतिक पूर्वाधारपछि हाम्रो चुनौती भनेको पढाइमा नै छ । कोभिडपछि तुलानात्मक रुपमा केही कमजोर विद्यार्थीहरु भर्ना हुन आउनु भएको र उहाँहरुको शैक्षिक गुणस्तर सुधारमा केही चुनौती छ । यसलाई सुधार गर्न शिक्षक साथीहरु लागिपरिरहनु भएको छ । उहाँहरुलाई अतिरीक्त सिकाइ गरेर हामीले सुधार गर्दै आएका छौ र भइरहेको पनि छ ।
अर्को कुरा आर्थिक रुपमा सशक्त नहुँदा पनि केही समस्या हुँदो रहेछ । हामीलाई आयको दीगो स्रोत छैन, ३ तिर विद्यालयहरु छन्, जनशक्ति र कक्षा कोठाको अभाव छ । बिग स्कुल अन्तरगत परेको छ तर यस अन्तरगत अनिवार्य भनिएका कार्यक्रमहरु सुरु भएका छैनन् । यसपालीबाट चाही कार्यक्रमहरु आउने छ भन्ने कुरा छ । यसपछि होष्टललगायतको सुविधा पनि हुनेछ ।
६. हालै प्रकाशित एसईईको नतिजा कस्तो आयो ?
यसपाली एसईईको नेपालभर जस्तै केही खस्केको छ । नेपाल सरकारले ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीले कक्षा ११ मा पढ्न नपाइने नीति अनुसार केही विद्यार्थीहरुपछि परेका छन्, यद्यपी हाम्रो नजिता सन्तोषजनक छ । सिद्धार्थ माविबाट गतवर्ष परिक्षा दिएका १९९ जना विद्यार्थीमध्ये १८९ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । एसईई परीक्षको लागि २०९ जनाले फारम भरेका मध्ये १० जनाले परीक्षामा सहभागीता नै जनाएनन्, अर्को १० जना ग्रेड वृद्धिको परीक्षामा सहभागी हुँदै हुनुहुन्छ, त्यसबाहेक सबै विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुने अवसर पाएका छन् ।
७. सामुदायिक विद्यालयको पढाईलाई कसरी लिनुहुन्छ ?
समग्र रुपमा भन्नुपर्दा सामुदायिक विद्यालयको पढाई सुधार हुँदै आएको छ । हामीले पनि विद्यालयतहको सबै कक्षमा अग्रेजी माध्यममा अध्यायन गराइरहेका छौ । नम्बर र प्रतिशत हेर्दा निजि विद्यालयका विद्यार्थीहरु अघि देखिनु होला तर जीवन व्यतित गर्ने क्रममा जीवनपयोगि सिप र व्यवस्थित गुजारामा सामुदायिक विद्यालयका विद्यार्थीहरु नै अघि हुनुहुन्छ । हाम्रै स्कुलबाट पढेर जानुभएका भाईबहिनीहरुले पनि जीवनमा राम्रो राम्रो प्रगती गर्नु भएको छ । अब्बल भविष्य निर्माण गर्नुभएको छ । हाम्रो विद्यालयबाट पढेर जानुभइ उच्च ओहोदामा पुग्नु भएको नतिजा नै हाम्रो स्कुलको परिचय हो ।
अन्त्यमा
अन्तमा के भन्न चाहन्छु भने हामीले विगतमा पनि कक्षा ११ मा कानुन विषय पढायौ । यसपाली पनि कानून विषय पढ्न रुचि देखाउने भाइबहिनीहरुको चाप बढी छ, उहाँहरुको लागि हामीले स्नातक तहमा कानून ल्याउन सकेका छैनौ, यद्यापि यसमा पनि हाम्रो करसर जारी नै छ । निकट भविष्यमा हामीले कानुनमा स्नातक अध्यापनको स्वीकृती ल्याउन सक्ने छौ । –सहीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published.


*