चलचित्र ‘प्रकाश’को टोली हेटौंडामा

साझाकुरा
२०७९ श्रावण ३०, सोमबार ११:०४

हेटौंडा=-१० भादौदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको टोली प्रचारप्रसारका लागि आइतबार हेटौंडा आइपुगेको छ । नायिकका दिया मास्केसहितको कलाकार टोलीले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चलचित्रबारे जानकारी गराएको हो । चलचित्र प्रकाश नेपालबाहेक अन्य दशवटा देशमासमेत प्रदर्शन हुने चलचत्रि लेखक विकास सुवेदीले जानकारी दिएका छन् ।नेपालको कर्णाली जुम्लामा छांयाकन गरिएको चलचित्र निर्माणमा करिब २ करोड ५० लाख रुपैयाँ खर्च भएको निर्माण टोलीले जनाएको छ । चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिका दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् ।

देशमा विभिन्न राजनीतिक परिवर्तन भएपनि रोजगारीका लागि जुम्ला बासीले गर्नुपर्ने दुःख र कष्टलाई चलचित्रमा देखाउन खोजिएको बताएकी छिन् । उनले आफू नायक प्रदीप खड्काको आमाको भूमिका गर्दै जुम्लाका महिलाहरुले भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उठान गरिएको उनले बताएकी छन् । चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका चलचित्र प्रकाशका लेखक विकास सुवेदीले आफूले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए । जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा एकल महिला, उनको छोरो र गाउँका कथाव्यथालाई चलचित्रमा उतारेको उनले बताए ।

सफल निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा दिया मास्के, प्रदीप खड्का, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी लगायत कलाकारहरुको अभिनय
रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन भने विकास सुवेदीले लेखेका हुन् ।पत्रकार भेटघाटमा चलचित्रमा डेव्यु गरेकी नायिका रेणु योगीले आफूले जुम्लाकी एक गाउँले विद्यार्थी पात्रको भूमिका निर्वाह गरेको बताइन् । उनले प्रदीप खड्काको प्रेमिकाको रुपमा आफुलाई चलचित्रमा प्रस्तुत भएको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*