स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्छः मन्त्री लामा

साझाकुरा
२०७९ श्रावण ३१, मंगलवार १२:२१

हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जनतालाई स्वास्थ्य सेवा पु¥याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने बताएका छन् ।  स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुको बार्षिक समिक्षा बैठक एवम् मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले जनतालाई स्वास्थ्य सेवा पु¥याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय आजैबाट कार्ययोजनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताए । लामाले संघीय एवम् प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सत्प्रतिशत खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सत्प्रतिशत सफलता हासिल गरेकोमा सबैलाई आभार व्यक्त गरे । कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा मन्त्रालय अन्तर्गतका सबै निकायहरुलाई लक्ष्य अनुसारको प्रगति गर्ने ढंगले काम गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरुको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए । उनले कार्यालयहरुको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारअन्तर्गतका निकायहरुको काम कारबाहीबारे अनुगमन गरेको र आवश्यक सुझावसमेत दिएकाले सोहीअनुसार सुधारको अपेक्षा गरिएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा बसेको समिक्षा बैठकमा मन्त्रालय, मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरुले आव २०७८÷०७९ को गतिविधि, समस्या र समाधानको उपायबारे प्रस्तुति गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*