राजस्व चुहावट रोक्न स्थलगत निरीक्षणलाई तीव्रता

साझाकुरा
२०७९ भाद्र २, बिहीबार ११:२१

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उपमहानगरको राजस्व चुहावट रोक्न स्थलगत निरीक्षणलाई बढाएका छन् । उपमेयर बानियाँले हेटौंडा उपमहानगरको आम्दानीको मुख्य स्रोत नदीजन्य पदार्थमा हुने राजस्व चुहावट रोक्न स्थलगत निरीक्षणलाई तीव्रता दिएका हुन् । उपमहानगरका योजना अनुगमन तथा राजस्व समितिका संयोजक समेत रहेका बानियाँले उनले राजस्व चुहावट र यसक्षेत्रमा रहेको विकृति हटाउन जरुरी रहेको बताए ।नगरक्षेत्रभित्र रहेका सवै क्रसर तथा बालुवा उद्योगको अनुगमन गरी त्यहाँ रहेको स्टक नाप्ने काम आफूले गरिरहेको उनको भनाई छ । उनले प्रतिवन्धात्मक अवस्थामा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गरिरहेको अवस्थामा असार र साउन दुई महिनामा एक सय ७५ वटा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरेको समेत बताए । उनका अनुसार असारमा ९० वटा सवारी साधन र साउनमा ८५ वटा सवारी साधनले नदिजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गर्ने ट्याक्टरलाई पहिलो पटक ५ हजार रुपैयाँ जरिवाना गरेर नदिजन्य पदार्थ जफत गर्ने गरिएको छ भने दोस्रो पटकमा १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ । ट्रिपरलाई पहिलो पटकमा १० हजार रुपैया“ र दोस्रो पटकदेखि २० हजार रुपैयाँका दरले जरिवाना गर्ने गरिएको छ । असार, साउन र भदौ महिनामा नदिजन्य पदार्थ उत्खनन् गर्न रोक लगाउने गरिएको छ । नदिजन्य पदार्थ चोरी निकासी गर्ने सवारी साधनबाट दुई महिनामा ९ लाख ५५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*