‘कृ’पछि फिल्ममा फर्किन अदितीले किन रोजिन् होम प्रोडक्सन ?

साझाकुरा
२०७९ भाद्र ३, शुक्रबार १०:२१

काठमाडौं-अभिनेता अनमोल केसीसँग फिल्ममा जोडी बाँधेपछि अभिनेत्रीको करिअरले ‘पिकअप’ लिन्छ भनिन्छ । केही अभिनेत्रीको हकमा यो देखिएको पनि छ । तर, अनमोलसँग काम गरेर पनि खासै अगाडि बढ्न नसकेकी अभिनेत्रीमा पर्छिन्, अदिती बुढाथोकी । डेब्यू फिल्म ‘कृ’पछि उनी चार वर्ष मुम्बईमा हराइन् । यो बीचमा केही फिल्मबाट अफर पुगे पनि उनले काम गर्ने मन देखाइनन् । नेपाली फिल्ममा आउनुभन्दा अगावैदेखि उनी मुम्बई बसेर मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी थिइन् । ‘कृ’ ब्लकबस्टर भइदिएको भए उनले मुम्बई छाड्न सक्ने थिइन् । तर, डेब्यू फिल्म नचल्नु र अभिनयको पनि वाहवाही नभएपछि उनी फेरि मुम्बई फर्किइन् । लकडाउनको समयमा घरकै फिल्मबाट कमब्याक गर्ने निर्णय गर्दै उनले आमा–बुबा निर्माता रहेको फिल्म ‘बाबरी’मा काम गरिन् ।

उनको कमब्याक फिल्म आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसै साता ट्रेलर रिलिज कार्यक्रममा उनले कमब्याकका लागि घरकै फिल्म पर्खिनुको कारणबारे स्पष्ट पार्दै भनिन्, ‘हामीले ‘कृ’पछि नै अब प्रोडक्सन हाउसबाट फिल्म बनाउने भनेर सोचिसकेका थियौं । तर, कोरोना महामारीले गर्दा केही समय रोकियौं । ‘कृ’पछि घरकै फिल्म गर्छु भनेर मैले तयारी गरेको थिएँ ।’ होम प्रोडक्सनबाट फिल्म निर्माण गर्दा धेरै दबाब हुने अदितीको अनुभव छ । ‘निर्माता भएपछि छायांकनको समयमा र त्यसपछि पनि स्ट्रेस हुने रहेछ,’ उनले अगाडि भनिन्, ‘मामु–बाबा यो क्षेत्रमा नयाँ हुनुहुन्छ । उहाँहरुलाई धेरै कुरा थाहा हुँदैन । त्यसैले मैले नै सहयोग गर्नुप¥यो ।’ आफ्नो को–एक्टर धिरज मगर र धिरज नाडकरसँग काम गर्न एकदमै सहज भएको पनि अदितीको भनाइ छ । फिल्मीखबर

यसमा तपाइको मत

Your email address will not be published.


*