राक्सिराङको अस्पताललाई कोइकाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

साझाकुरा
२०७९ भाद्र ३, शुक्रबार १०:३१

हेटौंडा- कोइका ईनटरनेशनल कर्पोरेशन एजेन्सीले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । एजेन्सीले बिहिबार अस्पताललाई विभिन्न प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कोइकाले १६ लाख पाँच हजार ७ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अध्यक्ष विनोद विडारीले जानकारी दिएका छन् । अस्पताललाई प्रोटोकल अल्ट्रासाउण्ड, डेलिभरी किट, बेबी वार्मर, डेलिभरी बेड, युएसजी मेसिनलगायतको सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*