जिल्ला स्तरीय अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिता हुने

साझाकुरा
२०७९ भाद्र ८, बुधबार ०९:१९

हेटौंडा- मकवानपुरमा जिल्ला स्तरीय अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । मकवानपुर क्रिकेट संघका पूर्व कप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतीमा क्रिकेट प्रतियोगिता हुने भएको हो । मकवानपुर क्रिकेट संघको आयोजनामा प्रतियोगिता हुन लागेको मकवानपुर क्रिकेट संघका कार्यबाहक सचिव बिनोद बानियाँले जानकारी दिए । उनले भदौ २५ गतेबाट प्रतियोगिता सुरु गरिने बताए ।प्रतियोगितामा १६ टिमसम्मको सहभागिता रहेमा नकआउट चरणका आधारमा खेल खेलाइने जनाइएको छ । आजबाट प्रतियोगितामा सहभागिता जनाउन विद्यालयहरुमा चिठी पठाउने कार्य सुरु गरिने बानियाँले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*