भुटनदेवी भेट्रान्सलाई फुटबल जर्सी सहयोग

साझाकुरा
२०७९ भाद्र १०, शुक्रबार ०९:३३

हेटौंडा- मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष मुख्या गुरुङले भुटनदेवी भेट्रान्सलाई फुटबल जर्सी सहयोग गरेका छन् । गुरुङले बिहिबार हेटौंडा–१० मा रहेको भुटनदेवी भेट्रान्स क्लबलाई फुटबल जर्सी सहयोेग गरेका हुन् । भदौ १८ गते शनिबारबाट हेटौंडामा हुने राष्ट्रिय भेट्रान्समा सहभागी हुन जर्सी सहयोग गरिएको गुरुङले बताएका छन् । अध्यक्ष गुरुङले गत महिनामा सम्पन्न हेटौंडा वन विज्ञान अध्ययन संस्थाको टीयू अन्र्तगत् टीयू फरेष्ट्री गोल्डकप–२०७९ का लागि पहिलो राशिको पुरस्कार प्रायोजन गरेका थिए । गुरुङले भुटनदेवी भेट्रान्स क्लबका अध्यक्ष राजु विष्टलाई २४ थान फुटबलका जर्सी हस्तान्तरण गरेका छन् । जर्सी वितरण कार्यक्रममा जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन, पूर्व राष्ट्रिय खेलाडी रञ्जन विष्टलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*