गरिब तथा ५ सय विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

साझाकुरा
२०७९ भाद्र १०, शुक्रबार ०९:४२

बानियाँद्वारा ५ सय विपन्न परिवारलाई खाद्यान्न सहयोगहेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाको विहिबार मनहरी गाउँपालिकाको गरिब, विपन्न तथा सिमान्तकृत चेपाङ घरपरिवारलाई बानियाँले खाद्यान्न सहयोग गरेका हुन् । उनले मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, बनकरिया तथा तामाङ समुदायका ५ सय गरिब, विपन्न परिवारका घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाललगायत खाद्य सामग्री वितरण गरेका छन् ।
खाद्यान्न वितरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस सँधै आर्थिक तथा विविध कारणले पछाडि परेको समुदायको पक्षमा रहेको बताए । कम्युनिष्टले जस्तो फुस्रो र छलकपट

जस्ता आश्वासन नदिने भन्दै नेता बानियाँले कांग्रेस प्रत्येक दीनदुःखी, असहाय, गरिबको सेवामा सधैं समर्पित रहने दाबी गरे ।उनले भुगोलको आवश्यक्ता अनुसार विकास निर्माण र जनताको मन जितेर काम गर्न मनहरीको निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र कैलाश कोइराला, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, वडा अध्यक्षहरु शिव खनाल, अनन्त अर्याल, युवराज थपलिया, ठाकुरराम तितुङ, नारायण उप्रेती, राजकुमार श्रेष्ठ, वडा सभापति आईतसिं तितुङ, महाधिवेशन प्रतिनिधि शेरबहादुर परियारलगायत मनहरीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*