विकट कैलाशमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

साझाकुरा
२०७९ भाद्र १०, शुक्रबार ०९:५२

हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिका–१० स्थित भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । संघीय स्वास्थ्य मन्त्रालयको ३० लाख रुपैयाँ लागतमा निर्मित पक्की भवनको बुधबार गाउँपालिका अध्यक्ष लोक मुक्तानले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।स्वास्थ्य मन्त्रालयको लगानीमा कैलाशका विभिन्न ५ स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तानले जानकारी दिए ।उनका अनुसार स्वास्थ्य सेवा केन्द्रमा एक जना एचए, एक जना अहेब र एक जना कार्यालय सहयोगी रहेको केन्द्रमा ड्रेसिङ, ओपीडी, आकस्मिक सेवा, गर्भवती जाँच सेवा, खोप कार्यक्रम, पोषण सेवा र अस्थायी परिवार नियोजन सेवा प्रदान गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*