बागमती प्रदेश सरकारले खेलाडीलाई मासिक ६ हजार भत्ता दिने

साझाकुरा
२०७९ भाद्र ११, शनिबार १०:५०

हेटौंडा- बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहनस्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।
प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, मा बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिँदै यस्तो बताएका हुन् । प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको भण्डारीको भनाइ छ । जसमा फुटबल, क्रिकेट, भलिबल, एथ्लेटिक्स, बक्सिङ, कराँते, तेक्वादो, ब्याडमिन्टन र पौडी रहेको छ । प्रदेशले अर्को राष्ट्रिय प्रतियोगिताको व्यवस्था नभएसम्म भत्ता दिने जनाएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । बागमतीले सबै खेलमा सहभागिता जनाउने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*