मकवानपुरमा पहिलोपटक आज रग्बी खेल हुँदै

साझाकुरा
२०७९ भाद्र ११, शनिबार १०:५१

हेटौंडा- मकवानपुरमा पहिलोपटक रग्बी खेल हुने भएको छ ।आज शनिबार मकवानपुरमा पहिलोपटक रग्बी खेल हुन लागेको हो । रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले आज शनिबार हेटौंडा–५ क्याप्पा चौरमा हुने रग्बी खेलमा मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुन लागेको जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष घलानले जिल्लामा रग्बी खेलाडी उत्पादनको लागि प्रशिक्षण कार्यक्रम भइरहेको भन्दै महिला र पुरुष छुट्टा छुट्टै मैत्रीपूर्ण खेल खेलाउन लागिएको जानकारी दिए । खेल आज बिहान ८ बजे सुरु हुने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*