बागमती प्रदेशसभा सदस्यसहित ७ जनाले दिए विवेकशीलबाट राजिनामा

साझाकुरा
२०७९ भाद्र १३, सोमबार ०९:३८

हेटौंडा- बागमती प्रदेशको प्रदेशसभा सदस्यसमेत रहेका विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।श्रेष्ठले आइतबार काठमाडौंस्थित पार्टी कार्यालयमा विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यसहितले सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले आइतबार काठमाडौंस्थित पार्टी कार्यालयमा राजिनामा दिनेमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ,  रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।

उनीहरुले पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेकोले त्यस्तो पार्टीमा रहनु औचित्य नहुने भन्दै राजिनामा दिएको बताएका छन् ।फरक पार्टीको पहिचान बनाउने भन्दै स्थापित भएको विवेकशील रविन्द्र मिश्र र मिलन पाण्डेबीचको विवादले गर्दा पार्टी त्याग्नेको संख्या बढ्दै गएको छ । पाण्डेलाई पार्टीबाट निकालेका मिश्र आफैंले पनि विवेकशील त्यागिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*