रेफ्री मल्लले साफ यू–१७ खेलाउने

साझाकुरा
२०७९ भाद्र १५, बुधबार ०९:३२

हेटौंडा- नेपालका फिफा रेफ्री कबिन व्यन्जनकार तथा फिफा सहायक  रेफ्री युनाल मल्लले श्रीलंकामा हुने साफ यू–१७ पुरुष फुटबल च्याम्पियनसीपका खेलहरु खेलाउने भएका छन् ।मल्ल हेटौंडा–१ निवासी हुन् । श्रीलंकाले सेप्टेम्बर ५ देखि १४ तारिखसम्म च्याम्पियनसीप आयोजना गर्दैछ । नेपालले पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ७ तथा दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ९ मा खेल्ने तालिका रहेको छ ।कबिन र मल्लले च्याम्पियनसीप खेलाउने साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सुनिश्चित गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । च्याम्पियनसीपमा ६ टिमको सहभागिता हुनेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपाल, भारत र भुटान रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*