प्रतिनिधिसभामा उम्मेदवार दिने बाबुछोरीको घोषणा

साझाकुरा
२०७९ भाद्र १५, बुधबार ०९:३६

हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा राजनीतिक दलहरु तीव्र तयारीमा छन् । निर्वाचनको तयारीमा जुट्नेमा दल मात्र नभई स्वतन्त्र उम्मेदवाहरु पनि छन् । मकवानपुरबाट दुई वटा प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवारी दिनेहरुको घोषणा सुरु भइसकेको छ । हालसम्म २ जनाले स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेका छन् भने करिब ५ जना दलका आकांक्षी छन् । मकवानपुरमा एकै परिवारका बाबुछोरीले नै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।   हेटौंडा उपमहानगरपालिका–२ का बाबु राकेश शर्मा र उनको छोरी दीपिका शर्माले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट छोरी दीपिका र क्षेत्र नम्बर २ बाट बाबु राकेशले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राकेश शर्मा यसअघि जिउँदो सांसदहरुको श्राद्ध गर्ने व्यक्ति हुन् ।मुलुकमा राजतन्त्र आवश्यक रहेको भन्दै संविधानसभा सदस्यदेखि प्रतिनिधिसभा सदस्यहरुको उनले देशका विभिन्न सहरहरुमा श्राद्ध गर्ने गरेका थिए । उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो । शर्माले देशमा पुनः राजा माग गर्दै आइरहेका हुन् । उम्मेदवारी घोषणा गरेका शर्मा र दिपिकाले चुनावको प्रचारप्रसारलाई जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*