प्रत्यक्षतर्फ प्रदेश १ (क) मा तीन र २ (क) मा छ जना सिफारिस

नेपाली काँग्रेस मकवानपुर प्रदेश क्षेत्रीय समितिको बैठक
साझाकुरा
२०७९ भाद्र १७, शुक्रबार ०९:३२

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरअन्तर्गत् दुईवटा क्षेत्रीय समितिले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन् ।मकवानपुर जिल्ला प्रतिनिधिसभा १ को प्रदेशसभा (क) र प्रतिनिधिसभा २ को प्रदेशसभा (क) समितिको विहीबार बसेको बैठकले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो । बैठकले प्रत्यक्षतर्फ क्षेत्र नं. १ (क) मा तीन जना र क्षेत्र नं. २ (क) मा छ जनाको नाम सिफारिस गरेको हो । प्रदेश १ (क) कार्यसमिति बैठकले कांग्रेस मकवानपुर १ का संघीय सभापति दामोदर खनाल, भूमिनन्द गौतम र मिठाराम दाहालको नाम सिफारिस गरेको हो । बैठकले (क) बाट समानुपातिकतर्फ रामशरण माझी, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाइँ, सुशान्त श्रेष्ठ, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, अनिल बिक, शेरबहादुर घलान, मानबहादुर पाटा, उर्मिला पुलामी, भानुमाया ठाडा, मोहनप्रसाद ढकाल, तेजप्रसाद घिमिरे र सुनिता राईको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

यसैगरी, प्रदेश २ (क) कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि राज मैनाली ‘दिनेश’सहित नेताहरु ईश्वरनाथ पौडेल, यतिराज सापकोटा, महेन्द्र राउत, योगेन्द्रमान श्रेष्ठ र भीम लामाको नाम सिफारिस गरेको छ ।बैठकले प्रदेश क्षेत्रको समानुपातिक महिलातर्फ ईश्वरी शाही ठकुरी, गोरीमाया लामा, निलम देवकोटा, जानकी गिरी, राममाया केसी, शान्ता विक र भवानी प्रधान तथा पुरुषतर्फ पुरुषोत्तम विक, बुद्धिबहादुर सिंजाली, कृष्णभक्त श्रेष्ठ, खड्गबहादुर गोपाली, भरत लामा, राजेन्द्र बिडारी, रमेश रौनियार, रामचन्द्र थिङ, विश्वलाल वाईबा र मदन जोशीको नाम सिफारिस गरेको बैठकमा सहभागी महाधिवेशन प्रतिनिधि राज मैनाली ‘दिनेश’ले जानकारी दिए । बैठकले संघीय क्षेत्रको समानुपातिकतर्फ उदयमोहन श्रेष्ठ र आनन्द कठायतको नाम सिफारिस गरेको बताइएको छ । यसअघि सोमबार पार्टी कार्यालयमा भएको नेपाली कांग्रेस प्रदेश १ (ख) कमिटीको बैठकले आकांक्षीहरु १० जनाको नाम पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको थियो । आनन्दराम पराजुलीसहित प्रत्यक्षतर्फ १० जनाको र समानुपातिकतर्फ करिब आधा दर्जनको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*