मकवानपुर क्षेत्र नम्बर दुईबाट कांग्रेस सहमहामन्त्री डीनाको एकल नाम सिफारिस

साझाकुरा
२०७९ भाद्र १७, शुक्रबार १२:४१

हेटौँडा– आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख)ले प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना)लाई मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन एकल नाम सिफारिस भएको छ । कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डीनासहित समानुपातिकतर्फ  हालका बागमती प्रदेशसभा सदस्य तथा प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र उमा दाहालको नाम सिफारिस गरिएको हो ।

बागमती प्रदेशसभा सदस्यका लागि प्रदेश २ को (ख)बाट प्रत्यक्षतर्फ चार जनाको र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सचिव कृष्ण योञ्जनले जानकारी दिए । पार्टी बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारको पहिलो नम्बरमा सिफारिस भएको छ । प्रत्यक्षमै पार्टी मकवानपुर सभापति बुद्ध लामा, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने र पार्टी जिल्ला सचिव इश्वर पाठकको नाम सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*