एमाले मकवानपुरः प्रदेशको चार सिटमा २२ जना आकांक्षी

साझाकुरा
२०७९ भाद्र १८, शनिबार ०८:३६

हेटौंडा आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट २२ जना आकांक्षी देखिएका छन् ।एमालेको चार वटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीहरुको बैठकले प्रदेशसभा क्षेत्र नम्बर १ को (क)बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दीपक न्यौपाने, सिता विष्ट सम्भावित उम्मेदवारका रुपमा नाम पार्टी जिल्ला कमिटीमा सिफारिस गरेको छ । यसैगरी, प्रदेशसभा १ को (ख)बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाङ्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसी उम्मेदवार सिफारिस भएको एमाले मकवानपुरका सचिव नविन सिग्देलले जानकारी दिए । प्रदेशसभा क्षेत्र नम्बर २ को (क)बाट बलराम बल, विष्णु ढकाल र चमेली बल उम्मेदवार सिफारिस भएको सिग्देलले जानकारी दिए ।

प्रदेशसभा २ को (ख)बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काको नाम सिफारिस गरिएको जनाइएको छ । क्षेत्रीय समन्वय कमिटीको सिफारिसमा १९ भदौमा बस्ने जिल्ला सचिवालय र २० भदौमा बस्ने पार्टी जिल्ला कमिटी बैठकले थप सुझावसहित प्रदेश कमिटीमा पठाउने जनाइएको छ । शुक्रबार जिल्लास्थित चार वटै क्षेत्रीय समन्वय कमिटीहरुको बैठकमा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्तौलालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*