उपमहानगर परिसरमा राप्रपाको प्रर्दशन

साझाकुरा
२०७९ भाद्र १८, शनिबार ०८:४६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले विरोध प्रदर्शन गरेको छ । शुक्रबार राप्रपा मकवानपुरले राज्यको ढुकुटीबाट दल निकट संगठनालाई ठूलो रकम सहयोग दिने लागेको भन्दै विरोध जनाउँदै नाराबाजी गरेको हो । हेटौंडा उपमहानगरपालिकाले १५ भदौमा कार्यपालिका बैठकबाट नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनलाई १० लाख रुपैँया सहयोग दिने निर्णय गरेको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन राप्रपाले प्रदर्शन गरेको हो । राप्रपाले जनताले तिरेको करलाई कुनै राजनीतिक दलको संगठनको नाममा बाँड्न नहुने धारणा राखेको थियो । जनताको रगत पसिनाले तिरेको करबाट उपमहानगरपालिकाले एउटा पार्टीको संगठनलाई रकम दिनु भ्रष्ट्राचार भएको आरोप लगाउँदै प्रदर्शन गरेको थियो ।

कोणसभामा बोल्दै राप्रपा मकवानपुरका उपाध्यक्ष सागर थापाले राप्रपा संधै भ्रष्टाचारको खिलाफमा रहेको बताएका थिए ।राप्रपाका सहसचिव लक्ष्मण सापकोटाले भ्रष्टाचारविरुद्ध राप्रपा आगो भएर उत्रने चेतावनी दिए । राप्रपा मकवानपुरका जिल्ला सदस्य तथा युवा नेता सम्राट सिंहले जनताको करबाट विकस निर्माणका खर्च गर्नुपर्नेमा कुनै पार्टीको भातृ संगठनको अधिवेशनलाई खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै निर्णय फिर्ता गर्न ध्यानाकर्षण गराए ।

यसमा तपाइको मत

Your email address will not be published.


*