कमल थापा मकवानपुर–१ बाट एकल उम्मेदवार सिफारिस

साझाकुरा
२०७९ भाद्र १९, आईतवार १२:११

हेटौंडा-राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनीधिसभाको लागि उम्मेदवार सिफारिस भएका छन् । राप्रपा नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष थापालाई उम्मेदवार सिफारिस गरेको हो ।थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गरिने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*