हेटौंडा अस्पताललाई उपमहानगरद्वारा ११ सय थान डेंगु किट हस्तान्तरण

साझाकुरा
२०७९ भाद्र २२, बुधबार ११:१५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई डेंगु किट उपलब्ध गराएको छ । पछिल्लो समय उपमहानगरसहित जिल्लाभरि नै डेंगुको संक्रमण फैलिँदै गएको छ ।डेंगु रोगको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अस्पतालमा डेंगु परीक्षण किटको अभाव भएको थियो । बिरामीको चापअनुसार परीक्षणमा किट अभाव तत्काल हटाउन उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई डेंगु किट हस्तान्तरण गरेको हो ।किटको अभावका कारण उपचारमा समस्या भएको जनगुनासो पछि संक्रमितको उपचारमा सहयोग पु¥याउन हेटौंडा उपमहानगरपालिकाले ११ सय ५० थान किट उपलव्ध गराएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

उपमहानगरपालिकाले उपलव्ध गराएको किट उपप्रमुख राजेश बानियाँ, प्रवक्ता न्यौपाने र हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जन, हेटौंडा–६ का वडा अध्यक्ष विष्णु दाहालले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटा र अस्पताल सञ्चालक समिति सदस्य हिरा लामालाई हस्तान्तरण गरेका थिए । किटको अभाबका कारण डेंगुका आशंका लागेर अस्पताल आएका बिरामीलाई उपचारमा असहज भएको अवस्थामा उपमहानगरपालिकाले किट उपलब्ध गराएर ठूलो सहयोग गरेकोे अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*