मकवानपुरको ४ वटा स्थानीय तहमा फैलियो डेंगु

साझाकुरा
२०७९ भाद्र २२, बुधबार ११:३६

हेटौंडा- मकवानपुरको ४ वटा स्थानीय तहमा डेंगु रोगको संक्रमण फैलिएको छ । जिल्लाको १० वटा पालिकामध्ये ४ वटा पालिकामा डेंगु रोगको संक्रमण फैलिएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार हालसम्म सातसय २३ जनामा डेंगु संक्रमण भइसकेको छ ।तीमध्ये थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा चार र मनहरी गाउँपालिमा पाँच जनामा डेंगु भेटिएको छ भने बाँकी सबै संक्रमित हेटौंडा उपमहानगरपालिकाका हुन् । उनका अनुसार जिल्लाको सबैभन्दा बढी डेंगु संक्रमित हेटौंडा–४ र ५ नम्बर वडमा छन् ।

‘अन्य स्थानीय तहमा भन्दा हेटौंडा उपमहानगरपालिकामा नै व्यापक डेंगु फैलिएको पाइएको छ । हेटौंडाको पनि ४ र ५ नम्बर वडामा धेरै बिरामी भेटिएका छन्,’ घिमिरेले भने । उनले डेंगु नियन्त्रणको अभियान सुरु गरिएको बताए । जिल्लामा तीव्र गतिमा डेंगु फैलिएपछि नियन्त्रणका लागि लार्भा नष्ट अभियान नै सञ्चालन  गरिएको बताए । डेंगुको अन्य उपचार हालसम्म पत्ता नलागेकोले यसको संक्रमणलाई नै रोकथाम गर्न लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको उनको भनाइ छ । स्वास्थ्य कार्यालयले उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य र सचेतना कार्यक्रमहरु गरिरहेको घिमिरेको भनाइ छ ।

जापानीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्युजापानीज इन्सेफ्लाइटिस संक्रमणबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको हो ।लामखुट्टेको टोकाइबाट हुने इन्सेफ्लाइटिस संक्रमणबाट जिल्लामा ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले साउन यता हालसम्म जापानीज इन्सेफ्लाइटिसबाट जिल्लाको बकैया–७ का २ जना हेटौंडा–३ का एक जना गरी ३ जनाको मृत्यु भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*