अखिल नेपाल खेलकुद महासंघको भेला

साझाकुरा
२०७९ भाद्र २३, बिहीबार १०:५५

हेटौंडा- अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ ।युवा तथा खेलकुद विभाग प्रमुख माधव कोइरालाको सभाध्यक्षता तथा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य प्रल्हाद लामिछने तथा महासंघका केन्द्रीय महासचिव अन्जन धमला, प्रदेश कमिटि सदस्य एवम जिल्ला पार्टी सचिव भिम पाख्रीन, प्रदेश कमिटि सदस्य बिरबहादुर घलान र वाइसियलका केन्द्रीय सचिव तथा युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, युवा तथा खेलकुद विभागका सचिव किरण माझीलगायतको उपस्थितिमा जिल्ला भेला सम्पन्न गरिएयो हो ।भेलाले भोजराज पराजुलीको अध्यक्षतामा ४१ सदस्यिय कमिटी गठन गरिएको छ । भेलाले पदाधिकारीहरुमा उपाध्यक्ष पुष्पराज पुडासैनी, सचिव ईश्वर छत्कुल्लि, कोषाध्यक्ष शोभा सिङ, सह–सचिवमा मदन उप्रेतीलाई चयन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*