आन्दोलनको चेतावनीसहित मकवानपुरगढीलाई राप्रपाको ज्ञापन

साझाकुरा
२०७९ भाद्र २४, शुक्रबार १०:३६

हेटौंडा- विभिन्न माग राख्दै राप्रपा मकवानपुरले मकवानपुरगढी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरगढी गाउँपालिकामा हाल भैरहेका गतिविधिहरुमा भ्रष्टाचारको गन्ध आउन थालेको भन्दै राप्रपाले मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानलाई ज्ञापनपत्र बुझाएको हो । राप्रपाले आफ्नो माग पूरा नभए आन्दोलनको चेतावनीसमेत दिएको छ । राजस्व चुहावट भैरहेको, राजस्व बुझाउनसमेत सेवाग्राहीलाई झन्झट र सास्ती रहेको पार्टीले ठहर गरेको छ ।

राप्रपाले गाउँपालिकामा आवश्यक ईन्जिनियर, वकिललगायत कर्मचारी अभाव हु“दा राजस्वमा घाटाको साथै सेवाग्राहीले दुःख पाएकोमा समेत ध्यानाकर्षण गराएको छ । राप्रपा मकवानपुर गढीगाउँपालिका अध्यक्ष जयराम तिमल्सिनाले कृषि फार्महरुमा राजस्व छुट हुनुपर्ने, पालिकामा कक्षा १२ सम्म निःशुल्क शिक्षा हुनपर्ने, खनिज र खानिजन्य पदार्थमा २५% गढी गाउँपालिकाले जनताको विकासमा रोयल्टी लिनुपर्ने, जोखिम व्यवस्थापनको समिति राप्रपासमेतको सहभागिता हुनुपर्ने मागहरुसहित ज्ञापनपत्र बुझाएको जानकारी दिए । कार्यक्रममा जिल्ला उपाध्यक्ष अर्जुनप्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिपकुमार सापकोटा, विद्यार्थी संगठन अध्यक्ष प्रकाश चौलागाईं, युवक संगठन अध्यक्ष नवराज न्यौपानेलगायत अगुवा नेताहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*