जीवनको अन्तिम चुनाव जित्न चाहान्छुः कमल थापा

साझाकुरा
२०७९ भाद्र २४, शुक्रबार १०:४३

हेटौंडा- राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले जीवनको अन्तिम चुनाव जित्न चाहेको बताएका छन् । लगातार निर्वाचन हार्दै आएका थापाले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन हुने भन्दै जित्न चाहेको बताएका हुन् । ‘आगामी चुनाव मेरो राजनीतिक जीवनको अन्तिम चुनाव हो । त्यसपछि म निर्वाचनमा सहभागी हुने छैन । जीवनको अन्तिम चुनाव भएकोले जित्ने ईच्छा छ’, थापाले भने । हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष थापाले अन्तिम एकपटक चुनाव जितेर जिल्लाको लागि केहि गर्न मन भएको बताए ।

पूर्वराजा महेन्द्रका बफादार कर्णेल क्षेत्रबहादुरका सन्तान उनी २०३७ सालमै पञ्चायती संविधानको संशोधनका लागि गठन भएको मस्यौदा समितिको सदस्यसमेत बनेका थिए । थापा पछिल्लो निर्वाचनहरुमा लगातार पराजित हुँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*