संघ नगर अध्यक्षमा बर्तौला

साझाकुरा
२०७९ भाद्र २६, आईतवार १०:४९

हेटौंडा- नेपाल स्वास्थ्यकर्मी संघ हेटौंडा उपमहानगर समितिको शनिबार हेटौंडामा सम्पन्न प्रथम अधिवेशनले प्रकाश बर्तौलाको अध्यक्षतामा १५ सदस्यीय संघ हेटौंडा नगर समिति सर्वसम्मतरुपमा चयन गरेको छ ।नव गठित कार्यसमितिमा उपाध्यक्षत्रय विष्णु थापा (निजी) र मञ्जु गौतम (सरकारी) र मिना कुमारी (महिला), सचिव प्रतिमा घलान, कोषाध्यक्ष अञ्जिता रिमाल, सहसचिव प्रतिष्ठा कार्की र सदस्यहरुमा आशिष बास्तोला, संघर्ष गुरुङ, रामानन्द चौधरी, चन्द्रशेखर ठाकुर, कृष्ण ढकाल, राजु श्रेष्ठ, कल्पना राया र उमेश अधिकारी चयन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*