नवयुवाको कारोबार २५ करोड ५१ लाख

साझाकुरा
२०७९ भाद्र २६, आईतवार ११:२०

हेटौंडा- नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आव २०७८÷०७९मा २५ करोड ५१ लाख ४१ हजार १०९ रुपैयाँको कारोबार गरेको छ । हेटौंडा–११ नवलपुरमा रहेको संस्थाले शनिबार १४ औं वार्षिक सभा गर्दै गत आर्थिक वर्ष २०७८÷०७९मा २५ करोड ५१ लाख ४१ हजार १०९ रुपैयाँको कारोबार गरेको जनाएको हो ।
सहकारीले सदस्यलाई २० करोड ८० लाख ८६ हजार ३ सय ४८ रुपैयाँ लगानी गरेको छ भने १८ करोड ८१ लाख २२ हजार ५२८ रुपैयाँ बचत निक्षेप संकलन गरेको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठले बताए ।

सहकारीमा एक हजार ८६५ जनाको ३ करोड ९७ लाख २० हजार दुई सय शेयरपुजीँ रहेको छ । सहकारीका अध्यक्ष फुलमान बलको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।कार्यक्रममा अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नुका साथै सचिव गोविन्द पुडासैनीले आगामी प्रस्तावित नीति तथा कार्यक्रमको प्रतिवेदन पेश गरेका थिए ।सहकारीले सभाको अवसर पारी असल ऋणीतर्फ तुलसी शिवाकोटी, नियमित बचततर्फ सोविता कुमारी अधिकारी, उत्कृष्ट बाल बचततर्फ प्रिन्स अर्याल, एकल महिला बचततर्फ टिकाकुमारी पराजुली, जेष्ठ नागरिक बचततर्फ धर्मकुमारी ढुड्डाना, पेन्सन बचततर्फ कमली डिम्डुङ र नवयुवा विशेष बचततर्फ प्रल्हाद सापकोटालाई पुरस्कृत गरेको थियो ।

सोही अवसरमा संस्थागत विद्यालयका प्रिन्स बर्तौला र सामुदायिक विद्यालयका कृपा चौरेललाई छात्रवृति प्रदान गरिएको थियो । सहकारीले संस्थाका सहव्यवस्थापक सुभाष अर्याललाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको थियो ।सभामा वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, वडा सदस्यहरु गीता सुनार, संजय विडारी, विकास नेपाल, जिल्ला बचत संघका सहसचिव विजय बहादुर बस्नेत, हेटौंडा उपमहानगरका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेल, संस्थापक अध्यक्ष गोकर्ण पराजुली, नेफ्स्कुन हेटौंडा कार्यालयका राजेन्द्रप्रसाद पौडेल, बागेश्वरी महिला साकोसका अध्यक्ष आशा अधिकारी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. गणेश लामा, संस्थाका सल्लाहकार कृष्णप्रसाद उप्रेती, सन्देश विडारी, विष्णु खनाल, दीपक शिवाकोटी लगायत विभिन्न संस्था तथा टोल विकासका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*