युवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्षमा भण्डारी चयन

साझाकुरा
२०७९ भाद्र २६, आईतवार ११:३०

हेटौंडा- राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्षमा मकवानपुरका नरेन्द्र भण्डारी चयन भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट मकवानपुरका भण्डारी कोषाध्यक्षमा चयन भएका हुन् । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय युवा संघ नेपालको बागमती प्रदेश कार्यसमिति चयन गरिएको छ ।यसैगरी संघको सदस्यमा मकवानपुरबाट विश्वराज राई, इन्साफ केसी, सागर पाण्डे, छेकु लामा, मीनू वाईबा, विजय बलामी र सुवास गोले चयन भएका छन् ।

समितिको उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी सहसचिवमा माधव श्रीमाली र सहसचिवमा राजेश खड्का चयन भएका छन् ।बागमती युथफोर्सको संयोजकमा सुरेनविक्रम योन्जन चयन भएका छन् भने उपप्रमुखमा सुमितजंग कार्की छन् । युवा संघकै घटक साइबर सर्कल एवं प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*