आर्थिक नीति तथा योजना विभागमा उपाध्याय

साझाकुरा
२०७९ भाद्र २७, सोमबार ०९:०३

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले आर्थिक नीति तथा योजना विभाग प्रमुखको जिम्मेवारी महिला नेतृ अन्जना उपाध्यायलाई दिएको छ । कांग्रेसले विधानको धारा ३७ को उपधारा २ (२३) मा व्यवस्था भएबमोजिम आर्थिक नीति तथा योजना विभागको प्रमुखमा उपाध्यायलाई मनोनित गरेको हो । जिल्ला सभापति बुद्ध लामाले नेतृ उपाध्यायलाई मनोनित गर्दै प्रत्येक महिनाको १० गते अनिवार्य बैठक बस्न र १० जनाको सदस्यसहित ११ जनाको समिति बनाउन आग्रह गरेका छन् ।उनले समितिका अनिवार्य तीन जना महिला हुनुपर्ने बताए । आर्थिक वित्तीय र योजना क्षेत्रसँग सम्बन्धित तथ्याड्ढहरु संकलन गरी आवश्यक नीति र रणनीति तयार पारी पार्टीको हितमा काम गर्ने विभाग प्रमुख उपाध्यायको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*