थप दुईवटा अध्यादेश जारी गर्दै प्रदेश सरकार

साझाकुरा
२०७९ भाद्र २८, मंगलवार १०:१६

हेटौंडा- बागमती प्रदेश सरकारले थप दुईवटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । संसद अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले यसअघि पनि दुईवटा अध्यादेश जारी गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थप दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

प्रतिपक्षीसँगको दुरिको कारण संसद स्थगित गरेको सरकारले अध्यादेशबाटै काम चलाउन थालेको छ । गठबन्धन नेतृत्वको वर्तमान सरकारले पाँच महिनाको अवधिमा ७ वटा अध्यादेश जारी गरिसकेको छ भने थप दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबारको मन्त्रिपरिषद् बैठकले तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने पनि निर्णय गरेको मन्त्री खनालले जानकारी दिए । त्यस्तैगरी गत आर्थिक वर्ष २०७८÷७९ को विनियोजित बजेटकबाट भएको कामको भुक्तानीको सम्बन्धमा सर्भर डाउन भएर रोकिएको भुक्तानी प्रक्रिया पु¥याएर गर्ने पनि निर्णय भएको छ । मन्त्री खनालको अनुसार बैठकले प्रदेश औद्योगिक नियामावली स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*