राप्रपा नेपालको युवक संगठनको अध्यक्षमा कार्की

साझाकुरा
२०७९ भाद्र २९, बुधबार ०९:३०

हेटौंडा-राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् ।  कार्कीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा रोमप्रसाद सापकोटा, तुल्सी नेपाल, आरती पाठक कार्की, भगवान बर्तौला र प्रदीप बिष्ट चयन भएका छन् । त्यस्तैगरी, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा साकार बर्तौला, सह–सचिवमा महेश्वर न्यौपाने चयन भएको जनाइएको छ ।

सदस्यहरुमा बलबिर लामा, सुशील तिमल्सिना, अरुण कुमार दुलाल, पूजा श्रेष्ठ, रुपेशसिंह ठकुरी, दीपक अधिकारी, रविन गौतम, राजन सन्जेल, केशब बिष्ट, प्रभा राई, बिबेक न्यौपाने, कमल घले, विशाल गौतम, सुगन्ध लामा, जीवन खड्का, कुमार लामा, काशिराम सुवाल, राजकुमार दुलाल, धुर्व गौतम, कुमार लामा, गुणराज सापकोटा , गोपाल रानामगर, सागर घलान, सुमित श्रेष्ठ, अभिषेक लामा र सविन सापकोटालगायत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*