बाल दिवस र बाल अधिकार

साझाकुरा
२०७९ भाद्र ३०, बिहीबार ०९:०८

नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवसको रुपमा मनाउने गरिएको छ । वि.सं २०२१ सालदेखि प्रत्येक वर्ष भदौ ४ गते मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरियो । सन् १९९०, १४ सेप्टेम्बर (भदौ २९) मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसात गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउन सुरु गरिएको हो । वि.सं २०२१ सालदेखि भदौ ४ गते मनाउने गरिएको बाल दिवस २०६३ पछि भदौ २९ गते मनाउन सुरु गरिएको हो । प्रत्येक वर्ष महत्वपूर्ण नारासहित महत्वपूर्ण सन्देश दिने र बाल अधिकारको सन्दर्भमा सुसूचित गराई बाल अधिकार संरक्षण गर्न यस दिवसले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यो वर्È ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ बुधबार बाल दिवस मनाइएको छ ।

तत्कालीन मुमाबडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । भारतबाट फर्केपछि रत्नद्वारा आफ्नो जन्म दिन पारी वि.सं २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी बालमन्दिरमार्फत् टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमितरुपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भदौका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा देशले ४२ वटा बालदिवस मनायो । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपश्चात् लोकतन्त्रको स्थापनासँगै यसको पूरानो संरचनामा केही फेरबदल भयो ।

परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन ग¥यो । प्राविधिकरुपमा जुन दिन बाल दिवस मनाइए पनि यसको सार्थकता महत्वपूर्ण हुन्छ । नेपाल सरकारले संविधान तथा कानूनमार्फत् बालबालिकाको थुप्रै हक तथा अधिकारको प्रत्याभूत गरेता पनि कार्यान्वयनको पाटो फितलो भइदिँदा कयाँै बालबालिकाहरु आफ्नो हक, अधिकारबाट वञ्चित भएका छन् । कुनै पनि दिवस मनाउनु एउटा परम्परा भए पनि परिवर्तित सन्दर्भमा नयाँ दृष्टिकोणसहित बालदिवस मनाउनुले यसको सार्थकता बृद्धि गर्दछ । बालअधिकारको बिषयमा के कस्ता राम्रा काम ग¥यौं, कति उपलब्धि भयो, कति चुनौतीहरु आए, प्रतिबद्धता पूरा भए कि भएनन्जस्ता कुराहरुको समीक्षा हुनुपर्छ । बालबालिकाको हक र हितको संरक्षणका लागि बालदिवस एउटा महत्वपूर्ण दिन बन्न र बनाउन सक्नुपर्छ ।

बालबालिकाको क्षेत्रमा राज्यले धेरै कार्य गर्न खोजे पनि पर्याप्त बन्न सकिरहेको छैन । बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताअनुरुप नेपाल सरकार बालबालिकाको विषयमा अझ संवेदनशील हुँदै देशको संविधान, कानून, नीति, योजना, संस्थागत व्यवस्था र कार्यक्रममा बालअधिकारका मर्मलाई समेट्दै समयानुकूल सुधार गर्दै जानु आवश्यक छ । बालबालिकाको हक हित र अधिकारका विषयमा चर्चा गर्ने दिन बाल दिवस हो । घरपरिवारदेखि विद्यालय र अन्य क्षेत्रमा बालबालिकाको उचित सहभागिता र संरक्षणका लागि संघ, प्रदेश तथा स्थानीय सरकारलगायत सबै पक्ष गम्भीर हुन आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*