राप्रपा नेपालको विद्यार्थी संगठनमा पोखरेल

साझाकुरा
२०७९ भाद्र ३०, बिहीबार ०९:२२

हेटौंडा- कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुर गठन भएको छ ।हेटौंडामा भएको विद्यार्थी संगठनको भेलाले अध्यक्षमा कबिराम पोखरेललाई चयन गरेको छ । पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन बनेको हो । उपाध्यक्षहरुमा सन्जिब चौलागाई, सरिता चौलागाई, सचिवमा नवराज अधिकारी, कोषाध्यक्षमा आर्जन खतिवडा चयन भएका छन् ।यसैगरी, सदस्यहरुमा शंकर पाण्डे, राम विश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा , विज्ञान भुजेल, रोशन दंगाल, अमिर चौलागाई, आयुष दुलाल, शुभाष राई, सन्तोष विक, पुरुषोत्तम सापकोटा, सञ्जिता फुयाँल, अन्मिता लुईटेललगायत रहेका छन् । समितिमा रहेकाहरुलाई बधाई शुभकामना दिँदै पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी निर्वाचनमा राप्रपा नेपाललाई स्थापित गर्न यवा पुस्ताहरुको महत्वपूर्ण भूमिका हुने भएकोले विद्यार्थी संगठनले आफुलाई संगठन केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

राप्रपा नेपालका नेता गणेश थापाले विद्यार्थी संगठनमा आबद्ध विपन्न र जेहन्दार विद्यार्थीहरुलाई संगठनमार्फत बार्षिक रुपमा एक लाख बीस हजार रकम छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।कार्यक्रममा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटा, नेताहरु अम्बिका खतिवडा, दामोदर वाग्ले, टक्कर थापा, नवराज पौडेल, लक्ष्मण पौडेल, इन्दिरा पाठक, भृगु कार्की, रोम सापकोटालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*