‘जीवनको महत्व नबुझ्दा आत्महत्या बढ्यो’

साझाकुरा
२०७९ आश्विन ३, सोमबार ०८:३२

हेटौंडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानिसहरुले आफ्नो जीवनको महत्व नबुझ्दा आत्महत्या गर्ने गरेको बताएका छन् । आइतबार बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडामा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले मानिसहरुले आफ्नो जीवनको महत्व नबुझ्दा आत्महत्या गर्ने गरेको भन्दै उनले सबैले जीवनको महत्व बुझ्नुपर्ने बताएका हुन् । सबैले आफ्नो जीवनको महत्व बुझेर गलत निर्णय लिन नहुने बताए । शिक्षक, राजनितिक दलका नेता, कार्यकर्ता लगायत सबै क्षेत्रले जीवनको महत्व बुझाउनुपर्ने उनको भनाइ छ ।

जीवनको महत्व बुझाउने पहिलो पाठशाला नै परिवार भएकाले परिवारका अभिभावकले परिवारको रेखदेखसँगै समस्या बुझ्नुपर्ने पाण्डेले बताए । कार्यक्रमममा बोल्दै बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव उपरिक्षक दीपक रेग्मीले बागमती प्रदेशमा (उपत्यकाका तीन जिल्ला बाहेक) गत आर्थिक वर्ष २०७८÷७९ मा ९ सय २ जनाले आत्महत्या गरेको जानकारी दिए । जसमा ४६–६० वर्ष उमेर समूहको बढी रहेको उनको भनाइ छ । १६ वर्षमुनिका ५४ जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण प्रसाद खनाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक किरण बज्राचार्य लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*