एकैदिनमा २ सय १९ जनामा डेंगु संक्रमण पुष्टि

साझाकुरा
२०७९ आश्विन ५, बुधबार ११:२०

हेटौंडा- मकवानपुरमा एकैदिनमा २ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  मंगलबार जिल्लामा एकैदिनमा २ सय १९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको हो । डेंगु संक्रमण पुष्टि हुनेमा सबैधन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरको २ सय ४ जनामा डेंगु पुष्टि भएको कार्यालयले जनाएको छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका आठ जनामा, मनहरी गाउँपालिकाका पाँच जनामा र भीमफेदी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या १ हजार ८ सय २९ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*