सामरी गोल्डकपको उपाधि चौकीटोललाई

साझाकुरा
२०७९ आश्विन ५, बुधबार ११:३८

हेटौंडा- मकवानपुरगढी ४ मा रहेको नेष्ट कला संस्थाको आयोजनामा भएको प्रथम ११ साइड सामरी गोल्ड कपको उपाधि चौकीटोल युवा क्लबले हात पारेको छ । भदौ ३१ गतेबाट सुरु भएको फुटबलमा १२ वटा क्लबहरुले सहभागिता जनाएका थिए । मंगलबार भएको फाइनल खेलमा भीमफेदी युवा क्लबलाई ५४ गोल अन्तरले पराजित गर्दै चौकीटोल युवा क्लबले उपाधि हात पारेको हो ।सामरी पुलको नजिक  रहेको खेलमैदानमा भएको खेलमा निर्धारित समयमा गोल भएपछि ट्राइबेकरमा ५४ गोल अन्तरले चौकीटोल विजेता बनेको हो । विजेता बनेसँगै मेडल, प्रमाणपत्रका साथ खसी पुरस्कार प्राप्त गरेका छन् भने भीमफेदीले बोका पुरस्कारमा चित्त बुझाउनु परेको छ । निर्धारित समयमा कडा प्रतिस्पर्धाका साथ खेल भएपनि गोल हुन भने सकेको थिएन् ।

कार्यक्रममा उत्कृष्ट खेलाडी चौकीटोलका जेनिश थपलिया, खेल अवधिभर धेरै गोलकर्ता चौकीटोलका अनिष महर्जन, उत्कृष्ट गोल रक्षक भने फुटबल क्लब भीमफेदी सन्त जिरेल घोषित भएका थिए । त्यस्तै, अनुशासित टिममा फुटबल क्बल भीमफेदी भएको छ । आयोजक संस्थाका अध्यक्ष सञ्जय भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी कृष्णलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनको विशेष आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा मकवानपुरगढी ५ का वडा अध्यक्ष दीपेश दहाल, हेटौंडा १ का अध्यक्ष सविन न्यौपानेलगायत समाजसेवी, खेलप्रेमी तथा राजनितिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*