युवा संघद्वारा निर्वाचन परिचालन कमिटी गठन

साझाकुरा
२०७९ आश्विन ५, बुधबार १२:१३

हेटौंडा- राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मकवानपुरले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।सोमबार भएको प्रशिक्षण तथा विस्तारित भेलाले लक्ष्मण उप्रेतीको संयोजकत्वमा ६०१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको सदस्यमा ८ पालिका, नगरपालिका र उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्य रहने छन् । मकवानपुरको १६४ निर्वाचन बूथमा एक सय जना दरले बुथ सुरक्षाका लागी युवा परिचालन गरिने युवा संघले जनाएको छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले नेता अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायताले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*