आजबाट उपमेयर कप भलिबल प्रतियोगिता हुँदै

साझाकुरा
२०७९ आश्विन ६, बिहीबार ०९:०४

हेटौंडा- आज बिहीबारदेखी हेटौंडामा उपमेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजदेखी हेटौंडामा उपमेयर कप भलिबल प्रतियोगिता हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये ९ वटा महिला टिम र १२ वटा पुरुष टिमको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

हेटौंडा–४, हुप्रचौरमा असोज ९ गते सम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । चौथो संस्करणको प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको प्रतिष्ठानका उनको भनाइ छ ।

प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेकोसमेत जनाएको छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने विष्टले बताए । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*