रेबिजविरुद्ध भ्याक्सिन

साझाकुरा
२०७९ आश्विन ७, शुक्रबार ०९:३५

हेटौंडा-हेटौंडामा निःशुल्क रुपमा रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान सुरु भएको छ ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले ‘एक स्वास्थ्यको अवलम्वन, रेविजबाट शुन्य निधन’ भन्ने नारासहित बिहीबारबाट हेटौंडामा रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान सुरु गरेको हो । अभियान १२ गतेसम्म संचालन हुने भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए । उनले घरपालुवा तथा घर बाहिरका कुकुर, बिरालो र बाँदरलगायत जनावरहरुलाई भ्याक्सिन लगाउन सकिने बताए । उक्त सेवा जिल्ला भित्रका वा बाहिरका सबैले लिन सकिने उनले बताए । ती जनावरहरुलाई भ्याक्सिन लगाउनुभन्दा कम्तिमा पनि एक हप्ताअघि आन्तरिक परिजीवी (नाम्ले, जुका) लगायतको औषधि भने अनिवार्य रुपमा खुवाइएको हुनुपर्ने ठाकुरको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*