विद्यालय नर्सले रोक्दै स्कुल ड्रपआउट

साझाकुरा
२०७९ आश्विन ८, शनिबार १२:५७

हेटौंडा- स्कूलमा पढाई भइरहेकै बेलामा सामान्य टाउको दुखेमा, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अभैm पनि छ । यो समस्या नेपालका अधिंकाश सामुदायिक विद्यालयका विद्यार्थीहरुले भोग्नुपरेको छ । केही वर्ष अघिसम्म हेटौंडाको आधुनिक राष्ट्रिय मावि लगायतका विद्यार्थीहरुले पनि यस्तो समस्या झेल्दै आएका थिए । तर बागमती सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रमबाट विद्यालयले नर्स पाएपछि उक्त समस्या घट्दै गएको जनाएको छ । केहि वर्षअघिसम्म विद्यार्थीलाई सामान्य घाउ चोट लाग्यो भने, स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो ।
विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या धरै भोग्नु परेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण उनीहरुको धेरै दिन पढाई छुट्ने गथ्र्यो । तर विगत पछिल्लो समय यस्ता समस्याहरु विद्यालयमा नै समाधान हुने गरेको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगती भएको छ । ‘यो कार्यक्रमले विद्यालयमा सिंगो सकारात्मक परिवर्तन ल्याएको शिक्षकहरु बताउँछन् । कार्यक्रमले गर्दा विद्यार्थी अनियमितता पनि हटेको विद्यालयले जनाएको छ । एक विद्यालय एक नर्स अभियान अन्तर्गत विद्यालयमा नर्स आएसँगै विद्यालयबाट विद्यार्थीहरुको ड्रपआउट पनि घट्दै गएको छ ।बागमती प्रदेशले सञ्चालन गरेको एक विद्यालय एक नर्स अन्तर्गतको पहिलो चरण कार्यक्रममा प्रदेशका २० विद्यालय छनौट भएका थिए । बागमती प्रदेश सरकारले ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको छ । १३ जिल्लाका २० स्थानीय तहबाट सुरु गरेको कार्यक्रम अहिले ४ सय ५९ वटा विद्यालयमा सञ्चालन
भइरहेको छ । विद्यालयमै उपचार कक्षको सुरु भएपछि सामान्य बिरामी हुँदा विद्यालय छोड्नुपर्ने समस्या हटेको विद्यार्थी बताउँछन् । सामान्य उपचारदेखि महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडसम्मको सुविधा विद्यालयमै उपलब्ध हुँदा पढाइमा बाधा नहुने गरेको विद्यार्थीको भनाइ छ ।

विद्यालयमा यो कार्यक्रमले छात्रको तुलनामा छात्रालाई विशेष सहयोग मिलेको अनुभव कार्यरत नर्सहरूको छ । सेनिटरी प्याट माग्न, पेट दुख्दा भन्न तथा अन्य काउन्सिलका लागि छात्रा आफूहरूसँग नजिक हुने हेटौंँडा–५ पिप्लेमा रहेको बालज्योति माविकी नर्स प्रतिमा सेढाईं बताउँछिन् । छात्रलाई भन्दा छात्राका लागि यो कार्यक्रम प्रभावकारी रहेको उनको भनाइ छ । विद्यालयमा नर्सको पहुँच पुगेसँगै विद्यार्थीहरुको स्कुल ड्रपआउट पनि घट्दै गएको उनी बताउँछिन् । एक विद्यालय एक नर्स कार्यक्रम सुरु भएपछि विद्यालयमा धेरै कुरा सहज भएको विद्यालयका शिक्षक–शिक्षिकाको भनाइ छ । उनीहरूका अनुसार यो कार्यक्रमले विद्यार्थीको पढाइको स्तरसमेत वृद्धि गरेको पाइएको छ ।

विद्यालयमै नर्स भएपछि महिनावारी हुँदा निर्धक्कले भन्न सक्ने गरेको र नर्सले विद्यार्थीलाई काउन्सिलिङसमेत गर्दै आएको कारण उनीहरूको आचरणमा परिवर्तन आएको बालज्योति माविका प्राध्यापक भरतप्रसाद अर्याल बताउँछन् । कार्यक्रम सुरु भएदेखि नै प्रभावकारी बन्दै गएपछि अहिले सामुदायिक विद्यालयले इच्छा देखाउन थालेका छन् ।हरेक वर्ष प्रदेश सरकारले संख्या बढाइरहेको छ । यसको प्रभावकारिता बढेसँगै स्वास्थ्य निर्देशनालयमा यो कार्यक्रम लागू गर्न धेरै विद्यालयबाट दबाब आउन थालेको एक विद्यालय एक नर्स कार्यक्रमकी संयोजक बिनु कक्षपति बताउँछिन् । मन्त्रालयले विद्यालय छनोटको काम स्थानीय तहलाई नै दिएको छ भने कार्यक्रमका लागि वार्षिक बजेटसमेत स्थानीय तहमार्फत नै निकासा गरिरहेको छ । मन्त्रालयले एक वर्षमा एक विद्यालयबराबर ५ लाख रुपैयाँ बजेट निकासा गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*