हुप्रचौरमा आज पेनाल्टी सुटआउट प्रतियोगिता

साझाकुरा
२०७९ आश्विन १०, सोमबार ११:३८

हेटौंडा- नेपाल खेलकुद महासंघ समाजवादी मकवानपुरको आयोजनामा आज सोमबार हेटौंडा–४, हुप्रैचारमा पेनाल्टी सुटआउट प्रतियोगिता हुँदैछ । विश्वमा सबैभन्दा धेरै रुचाइएको खेल फुटबलको रोमाञ्चक पक्ष मानिने पेनाल्टी सुटआउटलाई प्रतियोगिताको रुपमा हेटौंडामा पहिलो पटक गरिँदै छ । प्रतियोगितामा निर्धारित ९० मिनेटको खेल भने हुँदैन् । प्रतियोगिताअन्तर्गत् सुरुवातमै ५ जनाले पेनाल्टी प्रहार गर्नेछन् । नकटआउट चरणमा खेलाइने खेलमा पेनाल्टी खेल्दै फाइनल पुग्नेले उपाधि स्वरुप नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक निरज सिंह ठकुरीले जानकारी दिएका छन् ।
प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम समय ९ असोजसम्म २० वटा टिमले सहभागिता लिने टुंगो लागेको ठकुरीले जानकारी दिए ।

खेलमा मनोरञ्जनसँगै आपसी भाईचारा र सद्भाव स्थापित होस भन्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको ठकुरीले बताए । हुप्रचौरमा बिहानैदेखि पेनाल्टी सुरु हुने ठकुरीले बताए । एक समूहमा ६ जना खेलाडी रहने छन् । प्रतिस्पर्धामा दुवै समूहबाट बराबर गोल भए सडनडेथमा जाने जनाइएको छ । खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार पाउने ठकुरीले जानकारी दिए । महासंघले पेनाल्टी सुटआउट प्रतियोगितालाई हरेक आगामी वर्ष पनि निरन्तरता दिने भएको छ ।

टिममा महिला पुरुष दुवै समावेश भएर खेल्न सकिने जनाइएको छ । सोमबार एकैदिन प्रतियोगिता सकाइने ठकुरीले जानकारी दिए । ‘पेनाल्टी सुटआउटलाई धेरै समय लाग्दैन् । सोमबार नै फाइनल खेलाएर पुरस्कार पनि वितरण गर्छौ,’ ठकुरीले भने । नेपालमा हरेक वर्ष धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुँदै आएको छ । धनगढीको रंगशालामा रातको १२ बजे प्रतियोगिता गराइन्छ । तर, हेटौंडामा बत्तिको समस्याले दिउसै खेलाउन लागिएको ठकुरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*