मकवानपुरगढीले उचाल्यो जिल्लास्तरीय महिला भलिबलको उपाधि

साझाकुरा
२०७९ आश्विन १३, बिहीबार ०८:४६

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि उचालेको छ । बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले जिल्लास्तरीय महिला भलिबल उपाधि उचालेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको छ । उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल हात पार्दा उपबिजेता बकैयाले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल हात पारेको छ । प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भईन् ।

मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की भए । प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी
मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*