थप एकसय १२ जनामा डेंगु

साझाकुरा
२०७९ आश्विन १४, शुक्रबार ०९:३५

हेटौंडा- मकवानपुरमा एकसय १२ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एकसय १२ जना डेंगु संक्रमित थपिएका हुन् । डेंगु संक्रमण पुष्टि हुनेमा ९४ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।यस्तै मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाँउपालिकाका ४ जना, भिमफेदी गाँउपालिकाका १ जना र ठेगाना नखुलेका १२ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार ८ सय ७६ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*