मुटुु दिवसको अवसरमा निःशुुल्क स्वास्थ्य परीक्षण

साझाकुरा
२०७९ आश्विन १४, शुक्रबार ०९:४५

हेटौंडा- विश्व मुटु दिवसको अबसर पारेर हेटौंडामा नेपाल ह्दय रोग निवारण प्रतिष्ठान मकवानपुरले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ । हेटौंडाको भुटानदेवी मन्दिर परिसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशसँगको सहकार्यमा प्रतिष्ठानले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको हो ।स्वास्थ्य शिविरमा एक सय सय १० जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएको नेपाल ह्दय रोग निवारण प्रतिष्ठान मकवानपुरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता न्यौपानेले जानकारी दिइन् ।शिविरमा ब्लड प्रेसर, सुुगरको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा मुटुु रोगबाट बच्ने तथा उपचारका बारेमा हेटौंडा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको प्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा नेपाल ह्दय रोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षतामा भएको थियो । प्रमुख लामाले मुटु रोगबाट बच्न सबैलाई आग्रह गरिन् ।शिविर सञ्चालन अघि मकवानपुर उद्योग वाणिज्य संघबाट जनचेतनामूलक ¥याली निकालिएको थियो । ¥याली हेटौंडा नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै भुटनदेवी मन्दिरमा पुुगेर शिविरमा परिणत भएको थियो ।¥यालीमा सहभागिहरुले मुटुुलाई कसरी जोगाउन र स्वस्थ राख्न सकिन्छ भन्ने जानकारीमूलक प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ शर्मा, क्यान्सर सोसाईटीका माधव अधिकारी, विश्व हिन्दुु महासंघका प्रल्हाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*