डेंगु नियन्त्रण गर्न एकजुट भएर लाग्न आग्रह

साझाकुरा
२०७९ आश्विन १५, शनिबार ११:३७

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले डेंगु नियन्त्रण गर्नसबै पक्ष एक जुट भएर लाग्न आग्रह गरेकी छन् ।नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छट पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मेयर लामाले यस्तो बताएकी हुन् । उनले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र दिनहुँ ढेंगुका संक्रमित थपिदै गएपछी यसको नियन्त्रणमा जोड दिनका लागि सबैले आग्रह गरेकी हुन् ।उनले सबैले आफ्नो घरवरपर सफा राख्ने र पानी समेत जम्न नदिनेगरी अभियान चलाउनका पर्ने बताइन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, शसस्त्र प्रहरी बल हेटौंडाका प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमलगायतका विभीन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार महासंघका पूर्व अध्यक्षहरु लगायतकाको सहभागिता रहेको थियो । महासंघ अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*