यी हुन् मकवानपुरमा गठबन्धनका उम्मेदवार

साझाकुरा
२०७९ आश्विन २३, आईतवार १९:१२

हेटौंडा-मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुरमा गठबन्धनबाट कांग्रेस र नेकपा एकिकृत समाजवादीले प्रतिनीधिसभामा उम्मेदवारी दिएको छ । गठबन्धनको केन्द्रिय सहमती अनसार मकवानपुरको दुईवटा प्रतिनीधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस र समाजवादीले उम्मेदवारी दिएको हो । मकवानपुर–१ बाट प्रतिनीधिसभा सदस्यमा नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) र क्षेत्र नम्वर २ मा समाजवादीको स्थायी कमिटी सदस्य पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्वर १ (क) बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी र १ को (ख) मा नेपाली काग्रेसका आनन्द राम पराजुलीले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर २ (क) बाट माओवादी नेतृ कुमारी मोक्तान र (ख) बाट कांग्रेसको प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । उनीहरुले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*